काठमाडौं । आज मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै छ ।
यस अवसरमा मदननगर, बल्खु मा स्मृतिसभा तथा मदन भण्डारी स्मृति प्रतिष्ठान मा विचार गोष्ठी आयोजना गरिएको छ । साथै, विभिन्न स्थानमा मदन–आश्रितको योगदानबारे चर्चा, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर तथा अस्पतालका बिरामीलाई फलफूल वितरणलगायतका कार्यक्रम सञ्चालन गरिँदै छन् ।
जननेता मदनकुमार भण्डारी र जीवराज आश्रित को वि.सं. २०५० साल जेठ ३ गते दासढुंगा मा भएको सवारी दुर्घटनामा निधन भएको थियो । एमालेले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रणेताका रूपमा सम्मान गर्दै आएको छ ।
प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया