काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले  एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका छन्।

उनले सबैभन्दा कम खेलमा १५० ओडीआई विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

advertisement

कीर्तिपुरस्थित कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा २ विकेट लिएसँगै सन्दीपले यो उपलब्धि हासिल गरेका हुन्।

सन्दीपले मात्र ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै मिचेल स्टार्कको नाममा रहेको पुरानो विश्व कीर्तिमान तोडे।

स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए। यसअघि स्पिनरमध्ये सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने कीर्तिमान राशिद खानको नाममा थियो, जसले ८० खेलमा उक्त आँकडा छोएका थिए।

सबैभन्दा छिटो १५० ओडीआई विकेट लिने खेलाडीहरूको सूची:
१‌. सन्दीप लामिछाने (नेपाल) ७३ खेल
२. मिचेल स्टार्क (अस्ट्रेलिया) ७७ खेल
३. साक्लैन मुश्ताक (पाकिस्तान) ७८ खेल
४. राशिद खान (अफगानिस्तान) ८० खेल
५. मोहम्मद शामी (भारत) ८० खेल

स्कटल्याण्डविरुद्धको खेलअघि सन्दीपको नाममा १४८ विकेट रहेको थियो।

घरेलु मैदानमा समर्थकहरूको उत्साहपूर्ण समर्थनबीच उनले आवश्यक दुई विकेट लिएर ऐतिहासिक उपलब्धि हासिल गरे।

यसअघि पनि सन्दीपले सबैभन्दा छिटो १०० ओडीआई विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका थिए। उनले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए।

यो कीर्तिमानसँगै सन्दीपले आफूलाई विश्व क्रिकेटका उत्कृष्ट लेग स्पिनरमध्ये एकका रूपमा पुनः स्थापित गरेका छन्।

साथै, नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने अर्को गौरवपूर्ण अध्यायसमेत थपिएको छ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com