काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान सम्पन्न गर्न परमादेश जारी गरेको हो।

advertisement

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार अदालतले जिल्ला प्रहरी कार्यालय पर्सालाई चार दिनभित्र अनुसन्धानका सम्पूर्ण कार्य पूरा गरी प्रसाईँलाई जिल्ला अदालत पर्सामा उपस्थित गराउन आदेश दिएको छ।

प्रसाईँलाई गत सोमबार जेठ ४ गते राति वीरगञ्जबाट पक्राउ गरिएको थियो। त्यसपछि पर्सा जिल्ला अदालतले उनलाई चार दिनको म्याद थप गर्न अनुमति दिएको थियो। प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार प्रसाईँले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरूले सार्वजनिक शिष्टाचारविरुद्ध घृणा तथा द्वेष फैलाउने, जातीय र साम्प्रदायिक सद्भावमा असर पुर्‍याउने तथा सरकारप्रति अवहेलना बढाउने खालका रहेको आरोप छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com