काठमाडौं । जुम्लाको तिला गाउँपालिका–९ स्थित ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाउँदा पठनपाठन प्रभावित भएको छ।

शुक्रबार साँझ आएको हुरीका कारण जस्तापाताको छानो उड्नुका साथै विद्यालय कार्यालयमा रहेका महत्वपूर्ण कागजातसमेत क्षति पुगेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए।

advertisement

हुरीले विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ भने जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ। राष्ट्रिय विद्युत् सेवा नपुगेको उक्त विद्यालय अहिले ऊर्जा विहीन बनेको प्रधानाध्यापक मोतीराम बुढाले बताए।

छानो उडेसँगै नियमित कक्षा सञ्चालनमा समस्या थपिएको छ। विद्यालयमा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

स्थानीय समुदाय, अभिभावक र श्रमदानबाट निर्माण गरिएको विद्यालय क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरिएको विद्यालयले जनाएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com