काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई थप लक्षित र न्यायोचित बनाउन नयाँ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रोत्साहित गरिने बताएका हुन् ।

advertisement

यसका लागि सरकारले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले सामाजिक सुरक्षा प्रणालीलाई वास्तवमै आवश्यक पर्ने वर्गसम्म प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

अर्थमन्त्री वाग्लेले देशभरका दलित बालबालिकालाई प्रदान गरिँदै आएको बाल पोषण भत्ता दोब्बर बनाइएको जानकारी पनि दिए । नयाँ व्यवस्थाअनुसार अब दलित बालबालिकाले मासिक एक हजार रुपैयाँ पोषण भत्ता पाउनेछन् ।

त्यस्तै, उच्च गरिबी भएका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई उपलब्ध गराइँदै आएको पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइने सरकारले जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com