काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रतिनिधिसभामा औपचारिक रूपमा टेबुल गरिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट विवरण संसद्मा पेश गरेका हुन् ।
यसअघि अर्थमन्त्री वाग्लेले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।
प्रतिनिधिसभाले बजेटमाथिको सामान्य छलफलका लागि तीन दिनको समय निर्धारण गरेको छ । सभामुख डोलप्रसाद अर्यालका अनुसार जेठ १८, १९ र २० गते बजेटमाथि छलफल हुनेछ । छलफलको अन्तिम दिन अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया