अमरगढी । डडेलधुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरी बलका एक जवानसहित दुईजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत जवान ओमप्रकाश पुनमगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापामगर रहेका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार, शुक्रबार (जेठ १५) देखि सम्पर्कविहीन भएका उनीहरू नातामा मामाभान्जा हुन् ।
महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले त्यहाँ बगेको हुन सक्ने आशंकासहित खोजी सुरु गरिएको उनले जानकारी दिए ।
- रासस
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया