काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका एक व्यक्तिलाई ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ गरिएको छ।
गएराति अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दासहित सुनसरी गढी गाउँपालिका–१ घर भएका ५० वर्षीय कमलनारायण विश्वासलाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनको साथबाट झण्डै ५५ लाख बराबरको विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ।
जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख, अमेरिकी डलर १४ हजार ८५०, जापानी येन ४१ हजार, स्विस फ्रैङ्क एक हजार, मलेसियन रिङ्गिट २३ हजार ६३२, श्रीलङ्कन रूपी सात हजार ७७०, पाकिस्तानी रूपी तीन हजार ५४० र ओमानी रियाल दुई हजार ९७० फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया