काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपि शर्मा  वलि चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका छन्।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि लामो समय सार्वजनिक गतिविधिबाट टाढा रहेका ओली आज काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित “सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला” मा सहभागी हुने भएका हुन्। कार्यक्रम बिहान ११ बजे सुरु हुने जनाइएको छ।

advertisement

निर्वाचनमा उनी रास्वपाका उम्मेदवार तथा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि लामो समय आफ्नै निवास गुण्डुमा सीमित रहेर पार्टीका आन्तरिक बैठक तथा गतिविधि सञ्चालन गर्दै आएका थिए।

यस अवधिमा उनको स्वास्थ्य समस्याका कारण पित्तथैलीको शल्यक्रिया समेत गरिएको थियो, जसपछि उनी आराममा थिए।

आजको कार्यक्रममा सहभागी भएसँगै ओली सार्वजनिक राजनीतिक गतिविधिमा औपचारिक रूपमा पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com