काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले नेपालको दीर्घकालीन स्थायित्व, राष्ट्रिय हित र अस्तित्वका लागि समावेशी लोकतन्त्र तथा संवैधानिक राजसंस्था दुवैलाई संरक्षण गर्नुपर्ने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले वर्तमान राजनीतिक चुनौतीहरूको समाधानका लागि नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘मलाई सबै कुरा थाहा नहोला, तर यति अवश्य थाहा छ कि सयौँ कमजोरीका बावजूद नेपालको सन्दर्भमा समावेशी लोकतन्त्र जोगाउनै पर्छ। केही कमजोरीका बावजूद संवैधानिक राजसंस्था पनि जोगाउनै पर्छ।’
नेता रविन्द्र मिश्रले मुलुकको राजनीतिक स्थायित्व र राष्ट्रिय एकताका लागि लोकतान्त्रिक मूल्य–मान्यता तथा संवैधानिक राजसंस्थाबीच सन्तुलन कायम गर्ने विषयमा गम्भीर बहस आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
उनी लामो समयदेखि संवैधानिक राजसंस्थासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा वकालत गर्दै आएका छन्।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया