तेह्रथुम। तेह्रथुममा अनुमति बिना यार्सागुम्बा संकलन गरेको आरोप मा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिई यार्सागुम्बा संकलन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै चार जनालाई नियन्त्रणमा लिएको हो।

advertisement

पक्राउ पर्नेहरूमा संखुवासभा मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट १३ थान यार्सागुम्बा र ९ वटा मोटरसाइकल बरामद गरिएको छ।

उनीहरूलाई म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा पक्राउ गरिएको हो।

सुरुमा करिब २० देखि २५ जनाको समूहले वन क्षेत्रमा यार्सागुम्बा संकलन गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

त्यस क्रममा केही व्यक्तिहरूलाई संकलन सामग्रीसहित नियन्त्रणमा लिइएको बताइएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ।

वन कार्यालयका अनुसार यार्सागुम्बा संकलन गर्न कानुनी अनुमति अनिवार्य हुन्छ र अनुमति बिना संकलन गर्नु गैरकानुनी मानिन्छ।

प्रहरी तथा वन कार्यालयका अनुसार अवैध रूपमा यार्सागुम्बा संकलन गर्नेलाई जरिवाना र अन्य कानुनी कारबाही हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com