काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने संकेत गरेपछि उपमहासचिव योगेश भट्टराई ले सामाजिक सञ्जालमार्फत एक पुरानो कथा स्मरण गरेका छन्।

बुधबार आयोजित पार्टीको राष्ट्रिय कार्यशालामा अध्यक्ष केपी शर्मा ओली ले “शिर काटेर संगठन बलियो हुँदैन” भन्दै नेतृत्व परिवर्तनको बहसप्रति टिप्पणी गरेका थिए।

advertisement

उनको उक्त अभिव्यक्तिलाई संकेत गर्दै भट्टराईले एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा सुनाइएको एक प्रसंग सार्वजनिक गरेका हुन्।

भट्टराईले उल्लेख गरेको कथाअनुसार एक वृद्ध व्यक्ति बसमा यात्रा गरिरहेका थिए।

यात्रा सकिएपछि उनले आफूकै कारण बसका सबै यात्रु सुरक्षित रहेको दाबी गरे।

यात्रुहरूले कारण सोध्दा उनले “पल्टिन लागेको बसलाई डन्डी समातेर जोगाएको” बताएका थिए।

सामाजिक सञ्जालमा उक्त कथा साझा गर्दै भट्टराईले आफूलाई अहिले त्यही प्रसंग निकै सम्झना आएको उल्लेख गरेका छन्।

यद्यपि उनले कसैको नाम नलिई कथा मात्र प्रस्तुत गरेका छन्।

एमालेभित्र नेतृत्व हस्तान्तरण र भावी नेतृत्वबारे विभिन्न तहमा बहस चलिरहेका बेला भट्टराईको यो टिप्पणीलाई राजनीतिक वृत्तमा अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिप्रतिको सांकेतिक प्रतिक्रिया रूपमा हेरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com