काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेकाे नेपाल प्रहरीले जानकारी दिएको छ ।

advertisement

शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com