काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मत रूपमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। ऐडी यसअघि पार्टीको उपसभापति पदमा रहेका थिए।
भेलाबाट उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तीर्थराज बुढा तथा कोषाध्यक्षमा कमन शाही चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढा चयन भएका छन्। सम्पूर्ण जिल्ला कार्य समिति पहिलो जिल्ला भेलामार्फत सर्वसम्मत रूपमा चयन गरिएको हो।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया