काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।
युरोपियन युरो, बेलायती पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर तथा सिङ्गापुर डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर पनि निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने बताइएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया