काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढेको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया