काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणसँगै गृह प्रशासन र सुरक्षा व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णयहरू अघि बढाएका छन्।
मन्त्रालयमा आज पदभार सम्हाल्दै गृहमन्त्री गुरुङले २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः अध्ययन तथा अनुसन्धानका लागि खोल्ने निर्णय गरेका छन्। साथै, जेनजी आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा कानुनी अध्ययन प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको छ।
यसैगरी, अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संस्थागत क्षमता सुदृढ गर्ने तथा विभिन्न निकायमा लामो समयदेखि विचाराधीन रहेका अनुसन्धान प्रक्रियाहरूलाई निष्कर्षमा पुर्याउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार









प्रतिक्रिया