काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना सबै फाइलहरू अघि बढाइने र आवश्यक परे विशेष छानबिन आयोग मार्फत अनुसन्धान गरिने बताएका छन् । गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि विगतका केही संवेदनशील घटनाहरू पुनः सार्वजनिक बहसमा आउन थालेका छन् ।

यसैबीच अभिनेत्री श्रीषा कार्कीको मृत्यु प्रकरणबारे पनि सामाजिक सञ्जालमा पुनः चर्चा सुरु भएको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त घटनालाई आत्महत्या दुरुत्साहनको कोणबाट पुनः अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् ।

advertisement

सामाजिक सञ्जालमा भइरहेको चर्चाका क्रममा पत्रकार किशोर श्रेष्ठको नामसमेत जोडिए पनि यस विषयमा गृह मन्त्रालय, नेपाल प्रहरी वा कुनै अनुसन्धान निकायबाट औपचारिक रूपमा अनुसन्धान सुरु भएको छैन ।

गृहमन्त्री सुधन गुरुङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका पुराना तथा विचाराधीन फाइलहरू अघि बढाउन विशेष टोली गठन गर्ने निर्णय भइसकेको बताएका छन् । यससँगै पुराना घटनाहरू पुनः अनुसन्धानको दायरामा आउन सक्ने चर्चा चलिरहेको छ ।

यद्यपि, कुनै पनि व्यक्तिमाथि लागेका आरोप अनुसन्धान, प्रमाण र अदालतको निर्णयबाट मात्रै पुष्टि हुने भएकाले नाम चर्चामा आउँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

गृह मन्त्रालयले आगामी दिनमा कुन–कुन पुराना फाइललाई प्राथमिकतामा राखेर अघि बढाउँछ भन्ने विषय अझै स्पष्ट भने भइसकेको छैन ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com