काठमाडौं । कल मोबिलिटी प्रालि (HUAWEI) ले नयाँ स्मार्टवाच HUAWEI WATCH FIT 5 नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले देशकै पहिलो ‘मर्निङ फिटनेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रममार्फत उक्त स्मार्टवाचको औपचारिक घोषणा गरेको हो।
स्वास्थ्यप्रति सचेत व्यक्तित्व, फिटनेसप्रेमी, कन्टेन्ट क्रिएटर तथा प्रविधिप्रेमीहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा व्यायाम, संगीत र नवीन प्रविधिको अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ।
Meltdown सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम काठमाडौंको ठमेलस्थित क्लब नोभामा सम्पन्न भएको थियो। कम्पनीका अनुसार कार्यक्रमस्थललाई फिटनेस र लाइफस्टाइलको आकर्षक केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो, जसले HUAWEI WATCH FIT 5 को सक्रिय, आधुनिक र स्टाइलिस जीवनशैलीलाई प्रतिबिम्बित गरेको थियो।
सक्रिय जीवनशैली अपनाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको HUAWEI WATCH FIT 5 मा आकर्षक र हलुका डिजाइनसँगै उन्नत स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधाहरू समावेश गरिएको कम्पनीको दाबी छ। स्ट्र्यापबाहेक करिब २७ ग्राम तौल र ९.५ मिलिमिटर पातलो डिजाइनका कारण यो स्मार्टवाच दिनभर सहज रूपमा प्रयोग गर्न सकिने बताइएको छ।
यसमा १.८२ इन्चको AMOLED डिस्प्ले रहेको छ, जसले अधिकतम २ हजार ५ सय निट्ससम्मको ब्राइटनेस प्रदान गर्ने कम्पनीले जनाएको छ। यसका कारण घाममा समेत नोटिफिकेसन, स्वास्थ्यसम्बन्धी जानकारी तथा वर्कआउट डाटा सहज रूपमा हेर्न सकिने बताइएको छ।
स्मार्टवाचमा समावेश गरिएको Mini-Workout Assistant मा घाँटी, काँध, ढाडलगायत शरीरका १० भागलाई लक्षित ३० वटा निर्देशित व्यायामहरू रहेका छन्। यी व्यायामका लागि कुनै अतिरिक्त उपकरण आवश्यक नपर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार HUAWEI WATCH FIT 5 ले हल्का प्रयोगमा १० दिनसम्म, सामान्य प्रयोगमा ७ दिनसम्म तथा Always-On Display सक्रिय अवस्थामा ४ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्छ। यसमा वायरलेस चार्जिङ, ब्लुटुथ तथा NFC सपोर्टसमेत उपलब्ध छ।
Android 9.0 वा सोभन्दा माथिका तथा iOS 13.0 वा सोभन्दा माथिका स्मार्टफोनसँग सहज रूपमा काम गर्ने यस डिभाइसमा इनबिल्ट स्पिकर र माइक्रोफोनसमेत उपलब्ध छन्।
स्वास्थ्य निगरानीका लागि उन्नत Optical Heart Rate Sensor सहित Accelerometer, Gyroscope, Magnetometer, Ambient Light Sensor, Barometer तथा Temperature Sensor जस्ता विभिन्न सेन्सरहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
यसै अवसरमा कम्पनीले नेपाली बजारमा HUAWEI FreeClip 2, HUAWEI FreeBuds 7i तथा HUAWEI FreeBuds SE 2 समेत सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ अडियो उत्पादनहरूले प्रयोगकर्तालाई थप स्मार्ट र उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्नेछन्।
मूल्य र उपलब्धता
नेपालभर रहेका आधिकारिक HUAWEI रिटेल स्टोर तथा रिसेलरमार्फत उपलब्ध उत्पादनहरूको मूल्य यसप्रकार रहेको कम्पनीले जनाएको छः
- HUAWEI WATCH FIT 5 – रु. २७ हजार ९९०
- HUAWEI FreeClip 2 – रु. ३३ हजार ९९०
- HUAWEI FreeBuds 7i – रु. १७ हजार ९९०
- HUAWEI FreeBuds SE 2 – रु. ७ हजार ४९०
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया