काठमाडौं । सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
साइबर ब्युरोका अनुसार काठमाडौं चन्द्रागिरी–११ का ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई पक्राउ गरिएको हो। उनीमाथि सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्ने, नकारात्मक टिप्पणी गर्ने तथा चरित्र हत्या गर्ने सामग्री पोस्ट गरेको आरोप छ।
ओलीले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत आफ्नो विरुद्ध गालीगलौज, धम्की र चरित्र हत्या भएको भन्दै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
अदालतले उनलाई थप अनुसन्धानका लागि ४ दिनको म्याद दिएको छ। सांसद ओलीले आफूविरुद्ध संगठित रूपमा साइबर दुर्व्यवहार भइरहेको भन्दै कानुनी उपचार लिएको बताएकी छन्।
प्रकाशित मिति: १ असार २०८३, सोमबार













प्रतिक्रिया