काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन्।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलमाअल्जेरियाविरुद्ध मेस्सीले व्यक्तिगत तीन गोल गरेका हुन्।
मेस्सीले खेलको ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक बनाएका हुन्। यससँगै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३–० को अग्रता बनाउदै जिततर्फ उन्मुख भएको छ।
यसअघि मेस्सीले ६० र १७ औं मिनेटमा गोल गरेका थिए।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार













प्रतिक्रिया