काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले पार्टीको पहिलो महाधिवेशन चितवनमै गर्ने निर्णय सहमतिबाट गरिएको बताएका छन्। उनले पार्टीको जन्मस्थल भएकाले चितवनलाई महाधिवेशनको केन्द्र बनाइएको र नेतृत्व चयन पनि सहमति वा प्रतिस्पर्धात्मक प्रक्रियाबाट लोकतान्त्रिक ढंगले हुने बताए।
शाहका अनुसार सबैलाई सम्मानजनक रूपमा समेट्ने प्रयास भइरहेको छ। असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह सहभागी हुने कार्यक्रम छ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












प्रतिक्रिया