काठमाडौं । मेनुका शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

विभिन्न सामाजिक अभियानमा संलग्न शाहीले आइतबारदेखि चितवनमा सुरु हुने महाधिवेशनमा चुनाव लड्ने घोषणा गरेकी हुन् । दैलेख निवासी अधिवक्ता शाही बास काठमाडौं शाखाकी अध्यक्षसमेत हुन् ।

advertisement

उनले पार्टीभित्र लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शिता तथा जनमुखी राजनीतिलाई अझ सुदृढ बनाउन उम्मेदवारी घोषणा गरेको बताएकी छन् । सक्षम नेतृत्व, सशक्त संगठन र समृद्ध नेपालको अभियानमा आफ्नो भूमिका निर्वाह गर्न उम्मेदवारी दिएको हुँ’, उनले भनिन् ।

सामाजिक न्याय,सुशासन र नागरिक उत्तरदायित्वका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएकी शाहीको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूमाझ सकारात्मक रूपमा हेरिएको बताइएको छ। रास्वपाले नयाँ पुस्ताको नेतृत्व विकास र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिरहेका बेला शाहीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

चितवनमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले पार्टीभित्र चुनावी माहोल थप उत्साहित बनेको छ। शाहीले आफूलाई विश्वास गरेर मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसमक्ष अपिल समेत गरेकी छन्।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com