काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने भएका छन् । हिजो भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकलाई स्वतः केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको एक संस्थापक सदस्यले जानकारी दिए ।

पार्टी स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य थिए । ती मध्ये डा मुकुल ढकाल अहिले रास्वपामा छैनन् । डिपी अर्याल सभामुख छन् ।

advertisement

रास्वपाको संशोधित विधानमा १९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com