काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र प्रतिनिधि परिचयपत्र वितरणमा भएको ढिलाइका कारण स्थगित गरिएको छ।
पार्टीले जारी गरेको सूचनाअनुसार प्रतिनिधिहरूको नामावली रुजु तथा परिचयपत्र छपाइमा अपेक्षाभन्दा बढी समय लागेपछि कार्यतालिका प्रभावित भएको हो। हालसम्म तयार भएका कार्डहरू सोमबार साँझदेखि वितरण सुरु गरिएको र बाँकी कार्डहरू मंगलबार बिहान वितरण गरिने जनाइएको छ।
रास्वपाले सबै प्रतिनिधिलाई कार्ड वितरण सम्पन्न भएपछि मात्रै बन्द सत्रको औपचारिक कार्यक्रम सुरु गरिने जनाएको छ। प्रक्रियागत त्रुटि र विवाद हुन नदिन सूक्ष्म रूपमा काम गर्दा समय लागेको भन्दै पार्टीले प्रतिनिधि, सदस्य तथा शुभेच्छुकहरूसँग भएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












प्रतिक्रिया