चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले पार्टीको बृहत् एकता, आपसी समझदारी र संगठनको दीर्घकालीन हितलाई केन्द्रमा राख्दै उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।

advertisement

बुर्लाकोटीले एक पदका लागि करिब दर्जन उम्मेदवारबीच प्रतिस्पर्धा हुनु आफ्नो चाहना नभएको उल्लेख गर्दै अहिले पार्टीलाई विभाजनभन्दा एकताले बलियो बनाउने समय भएकाले व्यक्तिगत आकांक्षाभन्दा संगठनको हितलाई प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्।

उनले प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइरहेका बेला पार्टीभित्र सहमति र सकारात्मक राजनीतिक संस्कार स्थापित होस् भन्ने उद्देश्यले आफ्ना शुभेच्छुक तथा पार्टीका नेताकार्यकर्तासँगको परामर्शपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जनाएका छन्।

आफू रास्वपाको संस्थापक सदस्य रहेको स्मरण गराउँदै बुर्लाकोटीले करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री र पछिल्लो एक वर्ष महामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएको उल्लेख गरेका छन्।

उनले आगामी कार्यकालमा पनि सभापतिको नेतृत्वमा निर्वाचित हुने केन्द्रीय समितिसँग सहकार्य गर्दै पार्टी निर्माण, संगठन विस्तार र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com