काठमाडौं । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरी जेलबाट छुटेका एक व्यक्तिलाई पुनः लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ४२ वर्षीय विष्णु धामी, ३६ वर्षीय रुद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामीलाई २७१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूले भारतबाट लागुऔषध ल्याई सुनसरी, धनकुटा, इलाम, भोजपुरलगायत जिल्लामा बिक्री–वितरण गर्दै आएका थिए। पक्राउ परेका विष्णु धामी यसअघि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












प्रतिक्रिया