काठमाडाैं । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार लागुऔषध ओसारपसार र बिक्रीवितरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै बाँकेबाट पाँच जना पक्राउ परेका छन्। यसैगरी मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई जना तथा सुनसरी र काठमाडौँबाट एक/एक जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले अवैध लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन बरामद गरेको छ। यसका साथै चिकित्सकको विशेष सिफारिस बिना खरिद–बिक्री गर्न नपाइने प्रतिबन्धित औषधिहरू ट्रामाडोल र स्पास्मो समेत ठुलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com