काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरेको छ। सरुवालाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन विकास गर्न लागिएको नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका विवरण सम्बन्धित सूचना प्रणालीसँग एपीआईमार्फत स्वतः अद्यावधिक हुने, सरुवा आवेदन अनलाइन दर्ता, फ्ल्यागिङ तथा प्रक्रिया ट्र्याकिङ गर्न सकिने व्यवस्था रहनेछ।

मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन् भने निर्णय भएको २४ घण्टाभित्र मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिनेछ। मन्त्री प्रतिभा रावलले डिजिटल प्रणाली कार्यान्वयनपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले छिटो, सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com