काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया