काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश बनाउने भिजन ‘हर्कवाद’ मात्र भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले कुर्सीमा को छ भन्दा पनि भिजन के छ भन्ने कुरा मुख्य भएको बताएका हुन्।

उनले देश बनाउने भिजन ‘हर्कवाद’ मात्र भएको दाबी गर्दै भनेका छन्, ‘यो सुन्दा असहज लाग्न सक्छ तर बिस्तारै थाहा हुन्छ किनकि देयर इज नो अल्टरनेटिभ (यसको अर्को विकल्प छैन)।’

उनले सरकार आफूले देखाएको बाटोमा हिँड्नुपर्ने जिकिर समेत गरेका छन्।

प्रतिनिधिसभा सदस्य समेत रहेका राईले विद्यार्थीलाई अनिवार्य सैन्य सेवाको अनुभव गराउनुपर्ने आफ्नो पार्टीको घोषणापत्र रहेको स्मरण गराउँदै सरकारले सोही सेरोफेरोमा विधेयक ल्याउन लागेको दाबी गर्दै धन्यवाद दिएका छन्।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com