काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












प्रतिक्रिया