काठमाडौं ।  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।

नेता डा. प्रकाशशरण महतका अनुसार बैठक शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा जिम्मेवारी बाँडफाँड गरिनेछ।
यस्तै, पार्टीको राष्ट्रिय भेला आह्वान गर्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com