काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा  वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य दुई हजार ७०० रुपैयाँले वृद्धि भएको हो।

बिहीबार प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ३४० रुपैयाँ रहेको चाँदी आज १७० रुपैयाँले बढेर चार हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com