सांकेतिक तस्विर


एजेन्सी । अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावका बीच ओमानमा पनि ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएको छ।

ओमान समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै आइतबार मुसन्दम गभर्नरेटका केही क्षेत्रमा ड्रोन आक्रमण भएको जनाएको हो। यद्यपि ती ड्रोन कहाँबाट प्रहार गरिएका थिए वा कसले आक्रमण गरेको थियो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

मुसन्दम गभर्नरेट रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलसन्धिसँग जोडिएको क्षेत्र हो, जहाँ पछिल्ला दिनमा क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको छ।

यसअघि इरानका सरकारी सञ्चारमाध्यमहरूले अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणको प्रतिशोधस्वरूप इरानी सेनाले ओमान र जोर्डनस्थित केही सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेका थिए। तर उक्त दाबीबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com