काठमाडौं । आत्मदाहपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर सरकार र उनका परिवारबीच ९ बुँदे सहमति भएको छ।
आइतबार भएको सहमतिपछि परिवारले गणेश नेपालीको शव बुझ्ने निर्णय गरेको छ।
सरकार र परिवारबीच भएको सहमतिपछि केही दिनदेखि जारी विवाद समाधानतर्फ उन्मुख भएको छ। सहमतिका बुँदाबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ।
यसअघि परिवारले विभिन्न माग राख्दै शव नबुझेको थियो। ९ बुँदे सहमतिपछि भने अन्त्येष्टिको प्रक्रिया अघि बढ्ने भएको छ।


प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया