काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लामो अन्तरालपछि प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका छन्। गत जेठ १७ गतेको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि उनी पहिलो पटक संसद् बैठकमा देखिएका हुन्।

जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री शाहले दिएको “नेपालले पनि भारतको सीमा मिचेको रहेछ” भन्ने अभिव्यक्तिपछि संसद्‌मा तीव्र राजनीतिक विवाद चर्किएको थियो। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कडा आपत्ति जनाउँदै लगातार केही दिनसम्म प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका थिए।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि संसद् भवन पुगेका थिए। दुवै नेता सँगै संसद् प्रवेश गरेका थिए र करिब २० मिनेट बैठकमा बसेपछि सँगै बाहिरिएका थिए।

प्रधानमन्त्री शाह र लामिछाने बैठकमा उपस्थित रहँदा विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैली, नेतृत्व र समसामयिक राजनीतिक विषयलाई लिएर चर्को आलोचना गरेका थिए।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com