काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पालाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार शेर्पालाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
अदालतका अनुसार शेर्पा शरणार्थी प्रकरणका मुख्य आरोपितहरूलाई सहयोग गरेको अभियोगमा दोषी ठहर भएका हुन्। उक्त प्रकरणमा यसअघि अदालतले विभिन्न राजनीतिक नेता, पूर्वसरकारी अधिकारी तथा अन्य आरोपितलाई पनि दोषी ठहर गर्दै सजाय निर्धारण गरिसकेको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया