काठमाडौं ।  काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरण अगाडि सडक पार गर्ने क्रममा ईभी माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

बुधबार भएको दुर्घटनामा काभ्रेका ७३ वर्षीय माधवप्रसाद खनाल गम्भीर घाइते भएका थिए। उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बागमती प्रदेश–०१–००२ ज ७०१२ नम्बरको माइक्रोबसका चालक मकवानपुरका २१ वर्षीय रामबहादुर थिङलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com