काठमाडौं। लागूऔषध सहित चार जना पक्राउ परेका छन्। मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १०९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका-७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन समेत २ जनालाई पक्राउ गरेको हो।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २६ वर्षीय उमेश चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७० मिलिग्राम सहित बढैयाताल गाउँपालिका-६ बस्ने २४ वर्षीय आशिष थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com