काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबार पनि मौसम बदली र वर्षा जारी रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार आज पनि काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ।
‘आज बिहानै पनि काठमाडौँ उपत्यकामा पानी परेको थियो, तर अहिले रोकिएको छ। बुढानिलकण्ठतिर छिटपुट पानी परिरहेको देखिन्छ’, उनले भनिन्, ‘अब वर्षा केही समयका लागि रोकिने सम्भावना छ, तर अपराह्न र राति फेरि वर्षा हुने सम्भावना छ।’
मौसमविद् महर्जनका अनुसार काठमाडौंमा विशेषगरी दिउँसो २/३ बजेपछि वर्षाको बढी सम्भावना छ।
‘भोलि र पर्सि वर्षाको सम्भावना अझ बढी छ’, उनलेे बताएकी छन् ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया