काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। दुर्घटनामा उनको दायाँ हात भाँचिएको छ।

देउवानिकट स्रोतका अनुसार केही दिनअघि भएको उक्त घटनापछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न सार्वजनिक कार्यक्रममा देखिने गरेका छन्।

देउवा गत चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी फागुन १३ गते सिंगापुर एयरलाइन्समार्फत स्वास्थ्य परीक्षण तथा उपचारका लागि सिंगापुर गएका थिए।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com