काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा भएको भेटवार्तापछि काठमाडौं फर्किएका छन्। उनी शनिबार पत्नी निकितासहित रिसोर्ट पुगेका थिए।
सुरक्षा स्रोतका अनुसार लामिछाने केहीबेरअघि रिसोर्टबाट निस्किएका हुन् ।रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने केही समयपछि फर्किने जनाइएको छ।
जानकारीअनुसार डा. वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका थिए। त्यसको करिब २० मिनेटपछि सभापति लामिछाने पत्नी निकितासहित त्यहाँ पुगेका थिए। उनीहरू रिसोर्टभित्र डा. वाग्लेको लगानी रहेको निजी भिल्लामा बसेका थिए।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार













प्रतिक्रिया