काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा उच्चस्तरीय छलफल सुरु गरेका छन्।

अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार सुरु भएको बैठकमा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्। बैठकको अध्यक्षता अर्थमन्त्री वाग्लेले गरिरहेका छन्।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थसचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

अर्थ मन्त्रालयका अनुसार बैठकमा बजेट कार्यान्वयनको वर्तमान अवस्था, मन्त्रालयगत जिम्मेवारी, अन्तरनिकाय समन्वय र विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने रणनीतिबारे छलफल भइरहेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com