काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यकारी अधिकृत, वडाध्यक्ष, वडा सचिवसहित ४२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म कानुनी योग्यता नपुगेका व्यक्तिलाई वृद्धभत्ता, एकल महिला/विधवा भत्ता वितरण गरिएको, झुट्टा विवरणका आधारमा परिचयपत्र जारी गरिएको तथा दोहोरो भुक्तानी गरिएको पाइएको छ।

यस प्रकरणमा करिब ३२ लाख २४ हजार रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको आरोप लगाइएको छ। अनुसन्धानमा उमेर नपुगेकालाई वृद्धभत्ता र श्रीमान् जीवित रहेकी महिलालाई विधवा भत्ता उपलब्ध गराइएको समेत खुलेको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com