काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ।

आयोगका अनुसार प्राधिकरणको ठेक्का प्रक्रियामा संलग्न कम्पनी र सेयरधनीसँग श्रीमतीको नाममा ललितपुरमा १३ आना जग्गा खरिद गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको आरोप छ। यस प्रकरणमा गायत्री निर्माण सेवा र कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो असुल तथा प्रचलित कानुनबमोजिम सजायको माग गरिएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com