काठमाडौं । फिफा विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरको घ्याम्पेडाँडास्थित एक होटलमा भएको झडपमा २६ वर्षीय राज कार्कीको मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार घटनामा प्रत्यक्ष संलग्न देखिएका व्यक्तिविरुद्ध मात्र मुद्दा चलाइनेछ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया