काठमाडौं । नेपाली कांग्रेसले जननेता बीपी कोइरालालाई जलवायु परिवर्तनसँग जोडेर सम्झिएको छ । ४४औँ बीपी स्मृति दिवसका अवसरमा ‘ग्रीन रन’पछि ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले जननायक बीपीले समावेशी चरित्र अंगिकार गरेको बताए ।
“दक्षिण एसियामै कुनै महिलाले सरकारमा सहभागिता नगर्दैगर्दा आफ्नो मन्त्रिमण्डलमा महिलालाई सहभागिता गराएर, दलितलाई पार्टीको महामन्त्री बनाएर वा सबै जातजाति भाषाभाषीलाई समेटेर संसद् र मन्त्रिमण्डल बनाउनु भएको थियो,” गगनले भने, “बीपी कोइरालाले त्यही बेलामा नेपालको प्रजातन्त्र समावेशी नभए अगाडि बढ्दैन भन्ने कुरा हामीलाई सिकाउनुभयो ।”
विकासको मुद्दा उठाउँदा सामाजिक न्यायलाई छोड्यो भने विकास दिगो र अर्र्थपूर्ण हुँदैन भन्ने बीपीले अभ्यास गरेको उनले स्मरण गरे ।
अग्रजले देखाएका बाटोबाट धेरै कुरा सिक्नुपर्ने पनि उनले बताए । जलवायु परिवर्तनको विषयलाई नेपालको मूल विषय बनाएर अघि बढ्ने सभापति थापाको भनाइ छ ।
‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित आयोजित ‘ग्रीन रन’मा सभापति थापा ५ किलोमिटर दौडिएका थिए ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया