काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १४औँ महाधिवेशनमा विभाजित दुवै पक्षलाई समेटेर नेतृत्वलाई पूर्णता नदिएसम्म कांग्रेसमा वास्तविक एकता कायम हुन नसक्ने बताएका छन्।

बीपी स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले पार्टी सभापति गगनकुमार थापाले १४औँ महाधिवेशनका दुवै पक्षलाई समेटेर अघि बढ्न पहल गर्नुपर्नेमा जोड दिए।

पार्टीभित्र एकताका लागि आफूहरूले उठाउँदै आएको आवाजलाई ‘बार्गेनिङ’का रूपमा व्याख्या गर्नु गलत भएको उनको भनाइ थियो। उनले कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए।

खड्काले पार्टीभित्र आफ्नो सम्मान र स्वाभिमानका लागि आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे। उनले विशेष महाधिवेशनको प्रस्ताव पार्टी विधानअनुकूल नरहेको जिकिरसमेत गरे।

पार्टीको आन्तरिक एकता र संगठन सुदृढीकरणका लागि युवालाई प्राथमिकतामा राखेर आफूहरू सक्रिय रूपमा अघि बढ्ने खड्काले बताए। उनले कांग्रेसलाई थप सुदृढ बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com