काठमाडौं । काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना व्यक्ति बेपत्ता भएका छन्।

बिहीबार बिहान करिब ११ः४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए। उनी विदेशी नागरिकसहित चोभारस्थित जलविनायक मन्दिर परिसर घुम्न आएका बेला बागमती नदीमा पौडी खेल्न पसेका थिए। पौडी खेल्ने क्रममा नदीको बहावमा परेपछि उनी बेपत्ता भएका हुन्।

घटनालगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको छ। नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीको टोली, सशस्त्र प्रहरी बलको दङ्गा रेजिमेन्टका टोली र नेपाली सेनाका श्री जगदल गणका टोलीले संयुक्त रूपमा नदीमा खोजी कार्य जारी राखेका छन्।

बेपत्ता व्यक्तिको अवस्था खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com